सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

खबरब्रेकिंग, काठमाण्डौ , २०७९ चैत्र ५ गते । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतवार आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए । उनले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताए । प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend