सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

खबरब्रेकिंग, पोखरा , २०७९ चैत्र ५ गते । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए । निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थी संगठन बीच छलफल भइरहेको क्याम्पसले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend