सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको आर्थिक अवस्था खतरामा

नेपालको आर्थिक अवस्था खतरामा

भक्त के सी

खबरब्रेकिंग, काठमाडौं २०७९ चैत्र ४ गते । दिगो विकासको प्रमुख ध्यय जनसंख्या स्रोत, वातावरण र विकासबीच तालमेल मिलाउनु हो । देशलाई गुमराहमा राखेर गरियो ठुल ठूलो षड्यन्त्र दिगो हुन नसकेको विकास प्रणालीलाई आफैँमा धानिन सक्ने, टिकाउ र सतत् विकास हुने देखिन्न द्देश्य के हो भनेर वर्णन गर्न सकिन्छ । ।वर्तमानको आवश्यकता संग सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै न जानुले दिगो विकास कसरी हुन्छ ।दिगो विकास विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन सरकार अगाडी बढ्नु पर्छ । नक्कली कुरा गरेर नागरिक भुलाउन छोड्नु पर्छ ।नेपालको सन्दर्भमा दिगो विकास भनेको गरिबी निवारण र वातावरण संरक्षण नै हो ।स्रोत–साधनको बुद्धिमतापूर्ण उपयोग हो ।1 गरीबीको अन्त्य ; 2 भोकमारिको अन्त्य ; 3 स्वस्थ र समुन्नत समाज ; 4 गुणस्तारीय शिक्षा ; विकास समृदी चालु तथा पुँजीगत खर्चको व्यवस्थापन र समावेशी तथा न्यायोचित ब्यबस्था आवश्यक छ।सबै छात्रछात्रालाई निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास कार्यक्रम,सवैका लागि समावेशी, सबै उमेर समूहका व्यक्तिाका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने । दिगो विकासलाई परिभाषा गर्ने क्रममा विभिन्न विद्धानले विभिन्न तरिकाले गरेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकले एकसय ८३ बैंक तथा फाईनान्स वित्तीय संस्थाहरु इजाजत पत्र खारेज गरेको छ । ब्यबसायी व्यापार ध्वस्त भएको छ । केही अर्थशास्त्रीहरू नेपालको अर्थतन्त्रका वैदेशिक ऋणको अवस्थाबाहेक अरू चरण आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्काकै बाटोमा रहेको बताउँछन्। “खाद्यान्न, तेल, माछामासु वा तरकारीको मूल्य हेर्दा महँगी दर दोहोरो अङ्कमा छ,” राष्ट्रिय उत्पादन वृद्धि गर्ने, रेमिट्यान्सलाई व्यवस्थित बनाउने तथा स्वावलम्बी अर्थनीति अवलम्बन गर्ने कार्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय रहेमा आर्थिक धरातल बलियो भई देश सम्भाव्य श्रीलंका बन्नबाट रोकिन सक्छ । नेपालको आर्थिक विकास र समृद्धि , का लागि १ शिक्षामा व्यापक लगानी, २. जल सम्पदाको उपयोग, ३. कृषिमा आधुनिकीकरण, ४. पर्यटन प्रवद्र्धनमा प्राथमिकता, ५. साना घरेलु उद्योग र हस्तकला ,६. जडीबुटी र हिम सम्पदाको सदुपयोग हुनु पर्छ ।नेपालको समृद्धिको चाहना नयाँ हैन। प्राविधिक शिक्षित योजनाकार बुद्धिमान व्यक्तिले राजनीति गरेनन । विकास प्रेमी नेता छैनन् कसरी ब्यबस्था ठिक हुन्छ ? मुलुकको आर्थिक र सामाजिक विकासका अबस्था बिग्रिदो छ ।सुखी, स्वास्थ्य र स्वतन्त्र नागरिक कैले हुने ? सर्वसुलभ आधुनिक पूर्वाधार, मानव पुँजी निर्माण, उच्च र दिगो उत्पादन र उत्पादकत्व, उच्च तथा समतामूलक राष्ट्रिय आय, मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र र राष्ट्रिय एकता सुरक्षा तथा सम्मानको अवस्था कायम गर्नु पर्ने राजनेताको जिम्मेवारी हो ।राजनीतिक लक्ष्यहरू खासै उपलब्धिमूलक नभइरहेको सन्दर्भमा दीर्घकालीन विकासको सोच पनि पुरा हुने कार्यमा निर्धक्क हुन नसक्नुलाई स्वाभाविक मान्न सकिन्छ।मुलुकमा रहेको प्राकृतिक सम्पदा र उदीयमान तथा ऊर्जाशील जनशक्तिले पनि समृद्धि हासिल गर्ने कुरामा ठुलो टेवा दिने थियो ।वर्तमान सरकारले समृद्धिको आधार कसरी तयार गर्छ भन्ने कुरामा निर्भर हुने भएकोले वर्तमान सरकारले दर्बिलो जनविश्वासका साथ राजनीतिक, आर्थिक तथा कूटनीतिक आयाम सुदृढ बनाउँदै समृद्धिको कदम चाल्न सकेमा मात्र जनताले चाहेको समृद्धि हासिल हुन सक्छ।
एसियाली मुलुक नेपालले विगत वर्षदेखि नै बढ्दो आर्थिक एवं मानवीय संकट सामना गरिरहेको छ । यसबीच, महँगी उच्चतम हुन पुगेको छ । खाद्यान्नको मूल्य बढ्दै गएको छ । सरकारी ढुकुटी रित्तिँदो छ ।वैदेशिक ऋण, बड्दो छ ।नेपालमा राहदानी कार्यालयमा लाग्ने लामो लाइनले पनि बताउँछ । राहदानी लिन आउने अधिकांश वैदेशिक रोजगारीमा जान चाहन्छन् ।आर्थिक संकट र बढ्दो मुद्रास्फीति समाधान नहुने अर्थशास्त्रीले टिप्पणी गरिरहेका छन् ।मानिसमा आज कमायो, खायो अब भोलि के गर्ने भन्ने सन्त्रास देखिन्छ । उनीहरूमा चरम निराशा छ । यो अवस्था लामो समय रहिरहे आयात रोकिन सक्छ ।हाल आएर नेपाल सबैभन्दा खराब आर्थिक अवस्थामा पुगेको छ । समयमै होस नपुर्‍याउने र विप्रेषणकै भरमा अर्थतन्त्र टिकाउन खोज्ने हो भने नेपालको नियति श्रीलंकाको जसरी नै कुनै पनि वेला तीव्र गतिमा ओरालिन सक्छ ।
नेपालको आर्थिक अवस्था खतरामा छ ।
समयमा सरकार र सरोकारवाला निकायले कुनै अहंकार प्रदर्शन नगरी के तथ्य स्वीकार गर्नुपर्छ भने हाम्रो अर्थतन्त्रमा समस्याहरू धेरै पहिलाबाट नै थुप्रिँदै आएका हुन् तर पछिल्लो समय धेरैजसो सूचकांक थप डरलाग्दो गतिले ओरालो लाग्न थालेको भने अवश्य छ । तसर्थ लामो समयदेखि अर्थतन्त्रमा देखिएको यो संरचनागत संकटको अन्त्य गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै खाले श्रोत साधन र समाधानहरू तत्काल खोज्नुपर्ने देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend