सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

तेस्रो पार्टीले जनादेश विपरीत सरकार सञ्चालनको नेतृत्व गरेको छः रिजाल

तेस्रो पार्टीले जनादेश विपरीत सरकार सञ्चालनको नेतृत्व गरेको छः रिजाल

खबरब्रेकिंग, काठमाडौं २०७९ चैत्र ४ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले देशमा अस्थिरताको राजनीति रहे सम्म कमजोर जनमतले देशमाथि शासन गर्न पाउने अभ्यास भईरहने बताएका छन । आज खबरब्रेकिंग संग कुरा गर्दै नेता रिजालले यस्तो बताएका हुन ।
उनले दलहरुलाई अब सोचेर बदलिने की देश असफल बनाउने ? भन्ने प्रश्न समेत गरेका छन । उनले तेस्रो पार्टीले जनादेश विपरीत सरकार सञ्चालनको नेतृत्व गरेकोमा आपत्ति जनाएका छन । उनले भने, ”तेस्रो पार्टीले जनादेश विपरीत सरकार सञ्चालनको नेतृत्व गर्न सक्ने अनि पहिलो र दोस्रो पार्टी उ बाट शासित हुन पर्ने , यस्तो प्रणाली अन्त्यको बाटो नगए दलिय व्यवस्था झन कमजोर बन्दै जाने देखिन्छ ।” सबै दल मिलेर एमालेलाई एक्ल्याउन खोजे पनि एमाले कमजोर नहुने उनको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend