सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नयाँ नेपाल बनाउँछौ भन्नेले के हेरेको ?

नयाँ नेपाल बनाउँछौ भन्नेले के हेरेको ?

भक्त के सी,

खबरब्रेकिंग, काठमाडौँ २०७९ चैत्र २ गते। राम्रो छौ या नराम्रो,सहि छौ या गलत त्यो मलाई केहि थाहा लाग्दैन,बस् देश मेरो आफ्नो लाग्छ ,साथै परिवर्तित पनि हुँदै जाऊ विकसित पनि हुँदै जान्छ । ब्यवसाय राम्रो छ टुरिजीयम,कृषि ,औषधीय जन्य जडिबुटी , जलविद्युत र सरल निर्दोष नागरिक भएको देश नेपाल उतर दक्षिण पहाडी तराई भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर मेरो देश , परदेशी कहाँ छौ, कस्तो छौ न कुनै खबर छ ? तिमी कहाँ छौ राम्रो पत्र पनि आउन छाड्यो ? खेतबारी सहर भइसक्यो , चिनियाँ खाना, अमेरिकी जीवन, इटालियन जुत्ता, ब्रिटिस सूट, भारतीय तरकारी, चाइनिज स्याऊ, जापानी कार, कोरियन किमुची, आयातित जीवन सबै प्राप्त छ नेपालमा कहाँ छौ । पत्र पत्रिका चाहिदैन सामाजिक संजाल छ , दालभात तरकारी खानु पर्दैन अब पिज्जा पाइन्छ । राम्रो प्रर्दशन गर्ने छौ,विदेशीहरू यहाँ प्रसस्त देख्न पाईन्छ गोरा काला एशियालि, अमेरिकन, युरोपियनहरू आउँछन् सबै त् देख्न्न पाइन्छ तिमि कहाँ छौ । नजिकैको बहुमंजिला भवन तेही गुच्चा खेल्ने रामेको हो कति लुच्चो थियो कति छिटो धनि भएको छ । तिमि मुग्लान किन छौ । किनकि तिमीहरूले ज्ञानको साँचो लिएका छौ । तेती धेरै पढेर किन बेदेश हान्निएको ? ।तिमी राम्रो छौ, यसकारण तिमीलाई माया गरेको होइन। देशको माया लाग्छ, त्यसैले तिमी सम्झेको राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने थियो कहाँ छौ । श्यामे नेता भएको छ भनेका छन्, राम्रो छैन भन्छन । उनि घृणित छन । राजनीतिमा फ्रेन्चाइज लिएर बसेका छ रे भन्ने सुन्छु कस्तो जमाना आयो सोदेशी कसैलाई मनै पर्दैन । बिदेशी आउछन सबैले तिम्रो देश राम्रो छ मात्र भन्छन् किन्छन भादगौले टोपी , पश्मिनाको पछेउरा , पश्मिना उत्पादनहरू ,ऊनी कार्पेटहरू, छाला र छाला उत्पादनहरू,हस्तशिल्प कलाका मुर्तिहरु ,हस्तकला समान किन्छन खुसि लाग्छ । नेपाली ले छोडे पनि बेदेशिले राम्रो मान्छन किनेर लान्छन । तिमीले अहङ्कारमा किचकिच नगरेकै राम्रो येह सबै पाइन्छ अब हामी आयातित संस्कृति अपनाएका छौ । हङकङमा किनमेल गर्नु पार्दैन ।
राम्रो सल्लाह दिने, सहयोग गर्ने, मिहेनती थिए हेम दाई। विद्यार्थीले मन पराउँथे। बिमारी छन् उपचार गर्ने पैसा छैन । छोरो अमेरिका छ । गोरिनी बिहे गरेर बसेछ । सरकारले उपचार खर्च राजनीतिक नेतालाई मात्र दिन्छ बिर र शिक्षण अस्पतालमा पालो पाइदैन । निजी अस्पतालमा उपचार गर्नुलाई घर जग्गा बेचेर नि पुग्दैन धेरै विकास भएको छ ।
घरमा हामी दुइ छौ । सबैका बुडा बुडी मात्र छन् गाऊ खाली छ सबै बाजो छ । हाम्रो विद्यालय राम्रो छ सबैको साथ र सहयोगको हामीले अपेक्षा गरेका छौ । उच्च शिक्षा गरेर यसलाई देशलाई कसरी राम्रो बनाउन सकिन्छ ।संविधान लेखनको कार्यतालिका राम्रो छ, केही टिकाटिप्पणी हुन सक्लान, तलमाथी केही गर्न सकिन्छ । हाम्रा राम्रा नेता कहाँ छन् । विनियोजन गरेका छौ । यसमा थुप्रै बजेट छुट्याएका छौ । विकास निर्माण बन्ध छ । कहाँ प्रयोग भा छ । खुसि छौ रे सुखी छौ रे पहिला भन्दा नेता कार्यकर्ता सबै खुसि छौ रे मतदाता रोइरहेका छन् यस्तै खबर सुन्न पाउन जिताएको हो ? हामी सर्भिस सेक्टरमा छौ भने दुईवटा कुरा भएपनि गर्छु हिजोको दिनभन्दा राम्रो सेवा दिने कोसिसमा छौ । देश निर्माण गर्छु नयाँ नेपाल बनाउछौ भन्नेले के हेरेको राम्रा नेता कार्यकर्ता कहाँ छौ । खुसी छौसुखी छौ संस्कार राम्रो हो । नागरिक भोकै छन् रोहिरहेका छन् ।जहाँ जहाँ छौ दौडी आउ हेर तिम्रो देश कहाँ छ । अन्य थुप्रै जटिलताहरु महशुश गरेका छौ । भनेर साध्य छैन । तिमि कहाँ छौ । कस्तो राम्रो लाग्छ त्यतिखेर तिमिले आफू सङ्ग जे छ त्यो पनि गुमाउदै गयको छौ!!! चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध छ भन्छन , हाम्रो नेताले अमेरिका संग सम्बन्ध सुधारेको छ ।समुदायका कुन कुन काममा सहयोग गरेका छौ ? आएर हेर त तिमी भन्दा धेरै राम्रो भएतापनि बाटो छेकेको छ । पानीको धारा आफ्नो घरमै लगेको छ । गाउले आजपनि कुवाको पानी लिन जान्छन पुरादीन लाग्छ ।आजको दिन राम्रो छ, हैन र? तिमि कहाँ जादै छौ? भन तिमि कहाँ छौ भन तिमि जहाँ छौ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend