बिष्णु प्रसाद शर्मा,
बि. स. २२ मंसिर १४०६ सन् (१३४९ मा) बंगालका सुल्तान समसुद्धीन इलियासले नेपाल उपत्यकामा आक्रमण गरेर बिध्वंस मच्चाए तर प्रखर जाडोले उसको होस् हवास् नै उडाई दिएकाले टिक्न नसकेर भाग्यो । गोपाल तथा महिषपाल देखि बि. स. २०७९ सम्मको जटिल अबस्था सम्म नेपाल नामले मात्रै भए पनि स्वतन्त्र नै रहेको छ र यसै देशका नालायक साँइदुवाहरुको परनिर्भरता र पराधिनताको कारणले राष्ट्रको स्वाधिनतामा गम्भिर असर पर्न गएको छ । सन् १७४३ मा गोरखाका राजा नरभूपाल शाहको मृत्यु भयो । २० बर्षका पृथ्वीनारायण शाह त्यहाँका राजा भए । पिता नरभूपाल शाहले जयन्त राना लगायतका ब्यक्तिहरुको नेतृत्वमा नुवाकोट माथि आक्रमण गर्न पठाएका थिए । नेपाल २२ से २४ से राज्यहरुमा बिभाजित थियो । सूर्य नअस्ताउने देशका रुपमा बेलायत गणना नै भएको थियो । भारतमा साम्राज्यको स्थापना बेलायतले गरिसकेको र नेपालका बिभाजित राज्यहरु पनि यसले निल्ने छ भनेर नरभूपाल शाह चिन्तित रहेको ज्ञान पृथ्वीनारायण शाहमा पनि थियो । एकिकरण नगरी नहँुने अबस्थाले गर्दा २६ सेप्टेम्वर १७४४ मा १२ बर्षका दल मर्दन शाहको पराक्रमले शंखमणि राना मारिएका थिए र नुवाकोट बिजय भै मल्ल बंशको पतन प्रारम्भ भयो । क्रमिक रुपले एकिकरणको कार्यले सफलता हासिल गदै गएता पनि बिदेशीहरुले गिद्धे नजर भने गाडी नै रहेका थिए । बि स २१ कार्तिक २००७ बिहान ८ः ४५ को समय ६ नोभेम्वर १९५० राणाहरुको बिरुद्धमा शंखनाद गर्दै श्री ५ त्रिभुवनले राजगद्धी छोडेर बाहिरिए पछि नेपालमा भारतीय क्रुर दृष्ट्रिले कोपभाज नै बनाउने अबसर पायो । राणाहरुले अरु जे गरे ता पनि देशलाई जोगाउने कुरामा कुनै गल्ति गरेका थिएनन् । सो अबसरको सदुपयोग गर्दै आई वी ले खेलाउँदै चलाउँदै अस्थिरता गराउँदै आएकोमा ५ असोज २०२५ (१९६८) मा स्थापना गरी प्रधानमन्त्री इन्दिरागान्धीले आफनो मातहतमा राखेकी थिइन । यो (रअ ) ले इण्डिया बाहिरका देशहरुलाई सताउने हत्याउने , ओडाल्ने , झुक्याउने, फुटाउने र जुटाउने काम गर्दै आएको छ । (रअ) आइ वी भन्दा धेरै माथि छ । नेपालको पछिल्लो राजनीतिक खेल सबै उसैको लगानी र इसारामा मात्रै हँुदै आएकोमा २०६३ पछि पश्चिमाहरु पनि सोझै नेपाल प्रबेश गर्दछ । यो अबसर नेपालका दलहरुलाई किनेर (रअ) ले नै बैरी फिरंगीहरुलाई सुबिधा पुयाइदिएको हो ।
बि. स. २०२८ साल नेपालको ललितपुर जावलाखेलमा सेन्जेभिर्यस स्कुलको स्थापना गरायो । पुरानो शिक्षा राम्रो थियो । नयाँ शिक्षाको नाममा बिकारको सुरुवात गरायो । २०३६ सालमा नेपालीे काँग्रेसका नेता बी. पी. लाई किनेर जनमत संग्रह गरायो । २०४० सालमा ने. का. लाई उक्सायो र सत्यग्रह गरायो । २०२८ मा (रअ) का कावले हवाइजहाज अपहरण गरायो र नेपाल राष्ट्र बैंकको बत्तिस लाख भारत पु-यायो । २०४५ सालमा काँग्रेस र कम्युनिष्टलाई प्रयोग गरेर पञ्चायती ब्यवस्था सकायो । त्यतिले नपुगेर २०५२ साल देखि माओवादीका नामले एउटा अपराधी जत्था खडा गरायो र ठूलो क्षति पु-यायो । २०६३ मा सबै दलहरुलाई १२ बँुदे सहमती गरायो र १९ दिनको आन्दोलनमा घर घरबाट मानिस जुलुसमा भाग लिन पर्ने बाध्यता बनायो । हिन्दु अधिराज्य मासिदियो पछि राजसंस्था सात बँुदे सम्झौताको ताण्डव नृत्य बाट गराएर मरेको संसद ब्यूँत्याउन लगाएर बिना निर्वाचन नै माओवादी लाई सभासद बनायो र आठ दलको सहयोगमा राजसंस्था हटायो । त्यस पछि आलोपालो सबै दलहरुलाई खेलाउँदै ७९ सालको यो अबस्थामा ल्यायो र प्रधानमन्त्री, राष्ट्रपति लगायत उसैको निर्देशनमा बनाई रहेको छ । नेपाली जनताले अरु कुनै देशलाई छोएको चलाएको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend