सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम सम्झौताअनुरूप समयमै पूरा गर्ने संकल्प गर्नु पर्छः नारायणकाजी श्रेष्ठ

निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम सम्झौताअनुरूप समयमै पूरा गर्ने संकल्प गर्नु पर्छः नारायणकाजी श्रेष्ठ

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन २८ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफूले समन्वय गर्ने बताएका छन ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभा उद्घाटन समारोहमा श्रेष्ठले यस्तो बताएका हुन । उनले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगरेको भन्दै असन्तुष्टि जनाए । उनले निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौताअनुरूप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।

निर्माण व्यवसायीहरूले सम्झौता अनुरूपको काम नगरी उपेक्षा गरे आफू टुलुटुलु हेरेर नबस्ने उनको चेतावनी छ । ुराज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्सानी हुने गरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ,ु श्रेष्ठले भने, ुआवश्यक कारबाहीको प्रक्रियामा जानेछु ।ु काममा उपेक्षा भए आवश्यक कारबाही गरिने श्रेष्ठको भनाइ छ । समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरूसँगको ठेक्का रद्द गर्न सक्ने भन्दै उनले सचेत गराए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend