सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

  • शुक्रबार, २६ फाल्गुन २०७९

खबरब्रेकिंग काठमाडौँ २०७९ फागुन २६ गते । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता गंगाराम चौधरीले जानकारी दिए।

सत्ता गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो। जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो।

नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार‍ बनाउन गरेको निर्णयबार‍े गठबन्धनमा छलफल हुने नेता चौधरीले बताएका हुन्। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ।

यता, निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्देशन दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend