खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन २०। युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । पौडेलेको संयोजकत्वमा नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ, जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।
‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend