सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सरकारले मुलुकलाई विदेशीको खेल मैदान बनाउन खोज्योः ओली

सरकारले मुलुकलाई विदेशीको खेल मैदान बनाउन खोज्योः ओली

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन २०। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकीर थियो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे ।

नेपालीहरु मारेर भए पनि विदेशीहरुलाई खुसी पार्ने काममा सरकार लागिपरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend