सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

माधव नेपाल र सुवास नेम्वाङबीच छलफल

माधव नेपाल र सुवास नेम्वाङबीच छलफल

खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन १८ गते । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच छलफल सुरु भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र एमाले नेता नेम्वाङबीच छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ ।नेम्वाङ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुन । समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ ।

यो अवस्थामा अध्यक्ष नेपालसँग नेम्वाङसहित एमाले नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, डा। विमला राई पौड्याल र रघुवीर महासेट लगायतका नेताहरुबीच छलफल चलिरहेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend