बिष्णु प्रसाद शर्मा,
कुनै पनि राष्ट्रमा रहेका राजनेताहरुको मानसिकता एका सगोलको रहेको हुन्छ । दलियता भित्रको कलियता कहिल्यै एलिजियन्स हुँदैन र सिंगो राज्यको प्रतिनिधित्व उ बाट हुँदैन । दलियतामा ऐच्छिक र ऐरा गैरा नत्थु खैराहरुको बाहुल्यताले जहिल्यै पनि कुनै न कुनै बखडा भित्रियकै हुन्छ ।
नेपालको पछिल्लो राजनीतिक अबस्था एटर्नी हो । एडमिरल होइन । यदि राजनीतिक संगठन भित्र एडमिरल रहेको हुने थियो भने कमजोर भन्दा कमजोर राष्ट्र पनि ओम रामपट्टले बिभूषित हुने नै थियो । ओजस्वी राज्य कायम गराउँदै जनताको असहजतालाई सहजता दिलाएर अम्वल कायम हुने थियो ।
एक कुनै अमुक ब्यक्तिको ऐच्छिक एमिसरी हुनु पर्ने थिएन । हिमालयको काखमा तौरिएर एउटा पहाडलाई अस्थित्व प्रदान गरिरहेको अति महत्वपूर्ण शिलाले नेपालको चन्द्र सूर्य फहराई रहेको राष्ट्रिय झण्डा ओढेर बिदेशीको मुलुक भित्रनुलाई किमार्थ एलिजियन्स हो भन्न सकिदैन
। नेपालको आजको राजनीति कटकिना हो र यसले नेपाल र त्यसको अस्तित्वलाई बचाउन किमार्थ सक्दैन । दलियताले यो देशलाई कंगाल बनाएर जनतालाई शरणार्थी बनाएर छोडने छ । सारा जनताले छिटो भन्दा छिटो एलिजियन्स होइन, एमिसरी ऐरा गैरा नत्थु खैरा हुन भनेर बुझन ढिला नगरुन् ।
अझै ५,१० बर्ष यसरी नै लतरने हो भने कहि कतै केही बाँकी रहँदैन । ती अधिनायकवादी र साम्राज्यवादीको मुख्य एजेण्डा भनेकै नेपाली भूमिमा रहेका महत्वपूर्ण बस्तुहरु उनीहरुको अधिनमा पार्नु हो । एमसीसी जस्तो घातक प्रोजेक्टको उदश्य र प्रस्तावलाई नेपालीमा उल्था गर्ने ब्यक्ति एक पटक हटिसके पछि पुनः त्यसैलाई त्यो सस्थामा राख्नु पर्दछ भनेर आन्दोलन गर्ने नेपाली नै हौं । आज मुलुकका बिभिन्न महत्वपूर्ण स्थानहरुमा बिजुलिका टावर अर्थात बिद्युत् प्रशारण लाईनहरुका खम्वाहरु त्यही एमसीसी प्रोजेक्ट अन्तरगतको कार्य हो र बिभिन्न स्थानहरुमा जनताहरुले बिरोध गर्दा गर्दै प्रहरीको बलले जनता पीडित भएका छन । त्यो अमुक ब्यक्ति तिनै जनताले तिरेको करवाट रासन पानी खाएर तीनै जनतलाई कुटाइरहेको अबस्था छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend