सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रमुख राजनीतिक दलहरु नमिले सम्म देशमा राजनीतिक स्थिरता आउँदैनः उपाध्याय

प्रमुख राजनीतिक दलहरु नमिले सम्म देशमा राजनीतिक स्थिरता आउँदैनः उपाध्याय

खबरब्रेकिंग, काठमाण्डौ २०७९ फागुन १७ गते । डा डिआर उपाध्यायले प्रमुख राजनीतिक दलहरु नमिले सम्म देशमा राजनीतिक स्थिरता नआउने बताएका छन । आज खबरब्रेकिंग संग कुरा गदै उनले यस्तो बताएका हुन । एमाले पार्टीलाई सहमतीमा नल्याए सम्म देशले निकास नपाउने उनले बताए । प्रमुख दलहरु मिलेर राजनीतिक निकास दिनु पर्ने उनको तर्क छ । तेस्रो दलले मुलुक चलाउनु जनमतको अपमान भएको उनले बताए । माओवादी केन्द्र देश प्रति त्यति गम्भिर नभएको उपाध्ययाको आरोप छ । देश र जनताको भाग्य र भबिश्य बनाउन प्रमुख दलहरु एक ठाउँमा आउनु पर्ने उनको जिकिर छ । देशमा सत्ता स्वार्थको राजनीतिक अघि बढेकोमा उनले चिन्ता ब्यक्त गरे । पुरानो पाराले देश अघि बढन नसक्ने उनले बताए । अब देश र जनताको भाग्य र भबिश्य बनाउन प्रमुख राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने सुझाव उनले दिए । जनतालाई ढाँटने र छल्ने राजनीतिक दलको भबिश्य अब समाप्त हुने उपाध्यायले ठोकुवा गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend