कर्णाली १७ चैत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको कालीकोट जिल्ला कमिटीद्वारा बिहीबार आयोजित चुनावी आमसभा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सदस्यता लिँदै नेता आचार्यले एमाले प्रवेश गरेका हुन् ।
आचार्यलगायत विभिन्न पार्टी परित्याग गर्दै आज कालीकोटमा चार सय बढी नागरिक एमाले प्रवेश गरेका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend