आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बिभिन्न पार्टीका चार सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गर्दै

बिभिन्न पार्टीका चार सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गर्दै

 

 

सुर्खेत चैत १७ । बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गर्ने भएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली आएका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिंजा उपत्यकामा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपालगन्जबाट कर्णाली आएका हुन ।

आज दुल्लुमा सामान्य भेटघाट कार्यक्रम रहेको छ भने दुल्लुमा केही समय बसेर उनी सिंजातर्फ लाग्नेछन् । सिंजामा नेकपा विप्लव समुहका नेता राज्य समिति सदस्य राम प्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौं नेता कार्यकर्तालाई एमाले भित्र्याउने कार्यक्रम छ ।

यस्तै कालिकोटमा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्ण प्रसाद आचार्य सहित चार सय भन्दा बढी नेता कार्यकर्तालाई एमालेमा ओलीले प्रवेश गराउने भएका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend