आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

 

काठमाडौं १५ चैत । स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयसीमा पार भइसक्दा पनि तत्काल सत्ता परिवर्तन हुने संकेत देखिएको छैन । तत्काल सत्ता परिवर्तन हुँदा केन्द्रीय गठबन्धनमा असर पुग्न सक्ने र स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा केन्द्रीय चुनावी तालमेल भड्किन सक्ने हुँदा लुम्बिनीमा सरकार फेरबदलको किलो तत्कालका लागि टरेको छ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताइरहेको कांग्रेसले स्थानीय तह चुनावअघि नेतृत्व गर्ने सम्भावना कम देखिन्छ। गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो। गठबन्धन दलबीच त्यतिबेला माओवादी र कांग्रेसले प्रदेश सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने आन्तरिक सहमति भएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend