कपिलवस्तु १४ चैत्र । पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन्। त्यसका लागि ओली कपिलवस्तुनै पुगेका थिए।
गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका(४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका(६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend