सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जुनकिरीको बत्तिले स्वर्ग उज्यालो हुँदैन

जुनकिरीको बत्तिले स्वर्ग उज्यालो हुँदैन

बिष्णु प्रसाद शर्मा,

 

२६ अप्रिल १९७५ का दिन सिक्किम कार्डलाई शिकारीले चित्रो प्रजातिको चरालाई भुतुक्क मारेर झै भारतीय सैनिकले सिक्किमलाई झारेर कब्जा गरेको थियो । गार्डहरुले मेरो देश सुनाखरी फूले झै फूलिरहोस् भन्ने गीत गाउँदै एक थोपा पानी समेत पिउँन नपाउँदै देहत्याग गरे । शिर ठाडो पारेर आफ्नो भूमिकाका लागी उभिन नसक्ने जो भएनी , ती सच्चा नागरिक कदापी हँुन सक्दैनन् ।

रामले फेरि एक पटक पुनः जन्म नलिए सम्म अन्याय ठेस लाग्ने तिखा बिषालु काँडाहरुले घोचेको पीडालाई सहन गर्ने पर्दछ, गरिरहुँ । लाइबेरियाका चाल्र्स टेलरले पनि चुनाव जितेकै थिए । चुनाव जित्नुलाई देश भक्त कदापी मान्न सकिदैन । मानवता बिरोधी चाल्र्स टेलर भए । परालको खुट्टा भएका लोभको ढाकर भिरेकाहरु लोकतन्त्र बोक्दैमा इमानको छाती र आफ्नै अस्तित्वमा उभिएका छन भन्न सकिदैन । शिर ठाडो पार्न नसकेर अपराधको रापले भत्त भत्त पिल्सिएकाहरु कायर हुन ।

सुनिन्छ, १८१६ मा सुगौली सन्धिमा भूमिका निर्वाह गर्ने चन्द्र शेखर उपाध्याय गजराज मिश्रले अंग्रेज शासकबाट बक्सिस पाएका थिए रे । नेपालको काम गरेका मानिसहरुले अंग्रेज शासकबाट बक्सिस् पाएको सुन्दा गडबड त भएकै रहेछ नी हैन र ? दिल्लीमा बसेर १२ बँुदे सम्झौता गर्नेहरुले उपाहार स्वरुप लोकतन्त्र पाए । गजराज मिश्र, चन्द्र शेखर उपाध्याय र यिनिहरुमा के नै फरक रहयो ?

नेपालमा २६४ प्रजाती र ३५०० संख्याका जडिबुटी पाइन्छ । तर बेसार , करेला, निम, सिलाजित, हर्रो, बर्रो, अमला र कालो जिरा लगायतका आयुबैदीय जडिबुटिको प्यारेन्ट राइट नेपाल संग छैन । लोकतन्त्र भयो आफ्नो सम्पत्ति अरुको भयो । हुमायु नदिमा भुगल सम्राट डुब्न लागेको देखेर किनारामा रहेको माझीले बँचाइदियो । सम्राट खुशी भएर माझीलाई जे मागेनी दिने बाचा गरे । माझीले २४ घण्टा राजा हुन पाउँ भन्यो । माझी भोली पल्ट राजा त भयो । २४ घण्टामा आधा समय त उसले सुतेर बितायो । आधा समयमा छालाको टक चलायो । त्यस पछि उ फेरि नदी तिर माछा मार्न गयो । औकात नभएकालाई ठूलो जिम्मेवारी दियो भने यो भन्दा अरु के आशा गर्ने त ? नेतृत्वलाई हैसियत भन्दा ठूलो जिम्मेवारी बन्यो, लोकतन्त्रको इतिहास यही हो । जुनकिरिको बत्तिले स्वर्ग उज्यालो  हुँदैन  ।

अहिले नेपालको शासन सत्ता जनताले पाउन पर्ने न्युनतम सुबिधा लगायत न्याय कस्तो छ ? सरकार भनेको चिल हो, जनता चल्ला हुन । न्यायपालिका चल्लाको आमा हो । आमाले चल्लाको सधै रक्षा गर्नु पर्ने होइन ? नेपालका प्रथम प्रधान न्यायधिश हरि प्रसाद प्रधानको नाम नै आजको सम्मान हो । देश र जनता नै रहेन भने लोकतन्त्रले के नै लछारपाटो लगाउने हो र ? जनताले यो आजको अबस्थालाई नबुझे सम्म केही हुँदैन  । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend