सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गायक खनालको नयाँ नेपाल निर्माण चर्चामा

गायक खनालको नयाँ नेपाल निर्माण चर्चामा

 

 

काठमाण्डौं १३ चैत्र । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज जन गायक मोतिराज खनालको जनबादी गीतको गाउबजारमा ब्यापक चर्चा छ । मोतिराज खनालको शब्द संगितमा बनेको गीतमा गायक खनाल र मन्जु गुरुङ्को स्वर रहेको छ गीतका गहकिला शब्दलाइ मिठो मधुर र सुरिलो स्वरमा गाउदा गीत निकै मार्मिक र रोमाञ्चित बनेको छ ।यो गितले बोलेका कुरा शब्दमा जस्तै यथार्थमा उतार्ने हो भने हाम्रो देशको मुहार छिटै फेरिने थियो भन्ने आम जन समुदायको भनाइ छ । नेकपा एमालेको चुनावी गित ९सुन्दर शान्त नेपाल निर्माण एमालेले गर्छ ० भन्ने गितको बोल रहेको छ । यस्तै देश प्रेम र शब्दले गर्दा होला यो गीत सुन्ने सबै जन समुदायले यो गीत अत्याधिक मन पराएका छन ।
हिमाल पहाड तराइका गाउ देखी सहर
एमालेले फेर्छ अब यो देशको मुहार

इतिहासको धनि देश सांस्कृतिकको खानी ।
हाम्रो देशलाइ एमालेले बनाउने छ धनी ।।
भाषा धर्म सस्कृतीको संरक्षण गर्छ
त्यसैले त सुर्यमा छाप लगाउनु पर्छ

सम्बृदी र समाजबादको स्थापना गर्छ
त्यसैले त एमालेलाइ जिताउनु पर्छ

हो सुन्दर शान्त नेपाल निर्माण एमालेले गर्छ
नयाँ नेपाल निर्माण अन एमालेले गर्छ

सुख शान्ति सम्बृदि हो जनताको चाहाना ।।
एमालेले पुरा गर्छ देश बनाउने सपना

गाउ गाउमा मटरबाटो बिजुली र पानी
एमालेले बनाउने छ हाम्रो देशलाइ धनि

हो सुन्दर शान्त नेपाल निर्माण एमालेले गर्छ
हो नया नेपाल निर्माण अब एमालेले गर्छ ।
सहदैन हत्या हिन्सा सहदैन अत्त्याचार
बिदेशी शक्तिसङ्ग पर्दैन यो लम्पसार

नेपाल आमा खुसी पार्ने काम यसैले गर्छ
त्यसैले त सुर्यमा छाप लगाउनु पर्छ

गाउदेखी केन्द्र सम्म एमालेको सरकार
बाढिपिढीत सुकुमबासी सबका हुन्छन घरवार

गरिब दुःखी मज्दुर किसान सबको भलो गर्छ
त्यसैले त सुर्यमा छाप लगाउनु पर्छ

किसानलाइ पेन्सन दिन्छ बेरोजगारलाइ रोजगार
बृद्ध अनि सुत्केरीलाइ दिन्छ हजुर पाचहजार

एमालेले जित्यो भने बेरोजगारी हट्छ
त्यसैले त सुर्यमा छाप लगाउनु पर्छ

गाउगाउमा सहकारी घर घरमा रोजगारी
त्यसैले त एमाले छ जनताको मनभरी

एमालेले रासनकार्डको ब्यबस्ता नि गर्छ
त्यसैले त सुर्यमा छाप लगाउनु पर्छ

जस्ता शब्द रचना गर्ने गायक खनाल अर्घाखाँची सितगंगा नगरपालीकाका बासिन्दा हुन कर्म थलो काठमाडौं बनाएका गायक खनाल जनबादी गितका साथै थुप्रै लोक दोहोरी गितको शृजना गर्ने र गाउने गरेका गित मध्य धेरै गितले चर्चा कमाएका छन गीत संगितका साथसाथै खनालले टेलीसिरियल र साहित्य लेखन जस्ता बिधामा पनि सक्रीय रुपमा काम गर्ने गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend