आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाका घाइते सांसद साहलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

जसपाका घाइते सांसद साहलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

 

 

काठमाडौं १२ चैत । साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए ।

साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा उनीमाथि आक्रमण गरी घाइते बनाइएको डीएसपी बुढाथोकीले बताए ।

नगरपालिकाले बाटो विस्तार गर्दा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको जसपाका नेताहरुको भनाई छ । नगरपालिकाका मेयर मनोजकुमार देवकोटा पक्षधर मान्छेले साहमाथि आक्रमण गरेको जसपाका नेता राजकुमार दासले बताए । तर मेयर देवकोटाले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend