आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण, उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी

जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण, उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी

 

काठमाडौं १२ चैत । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए ।

क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

साहको टाउकोमा २०र२५ वटा टाँका लगाइएको पनि उनले बताए । घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको  उनले बताए ।

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । रातोपाटीबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend