आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन्ः माधव नेपाल

केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन्ः माधव नेपाल

 

काठमाडौं ११चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend