आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादी सत्तामा रहे मात्र देशको परिवर्तन हुन्छः डिलाराम आचार्य

माओवादी सत्तामा रहे मात्र देशको परिवर्तन हुन्छः डिलाराम आचार्य

 

 

अर्घाखाँची चैत्र ११ । नेकपा माओबादी केन्द्रका नेता डिलाराम आचार्यले माओबादी केन्द्र सत्तामा रहे मात्र देशको परिवर्तन हुने बताएका छन । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रेस सेन्टरले राखेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

माओवादी सत्तामा नरहेमा देशको हरेक क्षेत्र पछि पर्ने उनको भनाई छ । यस्तै नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य ठाकुर कुमार विक (किशोरं)ले एमाले सचिव टोपबहादुर रायमाझी अवसरवादी रहेको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रकि जिल्ला इन्चार्ज शुसीला श्रीपालीले अर्घाखाँचीका सबै स्थानिय तह तथा वडाहरुमा गठबन्धन हुने बताइन । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसाल ,पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल प्रदेश सदस्य रमिता नेपालीको अध्यक्षता , प्रेस सेन्टर नेपालका सचिव बसन्त कुमार विकको संचालनमा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend