आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन

कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन

 

 

काठमाडौं १० चैत। गैरआवासीय नेपाली संघ (एनआरएन)को सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ ।

संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend