आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेसको चुनावी गीत सार्वजनिक

कांग्रेसको चुनावी गीत सार्वजनिक

 

 

विराटनगर १० चैत्र । स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल सांस्कृतिक संघले तयार पारेको चुनावी गीत सार्वजनिक गरिएको छ ।
प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण स्थलका रुपमा रहेको विराटनगरस्थित कोइराला निवासमा मंगलबार आयोजित कार्यक्रममा नेता शेखर कोइरालाले गीत सार्वजनिक गरेका हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कोइराला निवासबाटै गीत सार्वजनिक गरिएको गीतका प्रस्तुतकर्तासमेत रहेका संघका वरिष्ठ उपसभापति जनार्दन आचार्यले बताए । उनले भने, “निवास प्रजातन्त्रप्रति विश्वास राख्नेहरूका लागि पवित्रस्थल हो,” उनले भने, “त्यही भएर कोइराला निवासमै आएर हामीले गीत सार्वजनिक गरेका हौं ।”

कांग्रेस युवा नेता गुरुराज घिमिरेले सिर्जना गरेको चुनावी गीतमा राधिका हमाल, मदन थापालगायतले स्वर दिएका छन् । संघका वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यको प्रस्तुति रहेको गीतमा नरहरि प्रेमीले संगीत भरेका छन् । सो गीतलाई कांग्रेसले वडा तहसम्म चुनावी प्रचारका क्रममा प्रयोग गर्ने जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend