आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

 

 

काठमाडौं ८ चैत । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेका हुन् ।

अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् । यो समाज र देशको महिलाका लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको बताउँदै उनले आफ्नो क्षेत्रबाट पनि देशका लागि केही नकेही योगदान गर्दै थिए, आजबाट एमालेमा रहेर देशको परिवर्तनका लागि काम गर्ने बताइन् ।

नेपालको अधिकांश जनता एमालेप्रति सद्भाव राख्ने गरेको आफूले पाएको बताउँदै उनले एमाले प्रतिपक्षमा भएपनि यो देशको पहिलो पार्टी रहेको बताइन् । आफू कुनै पनि सौदावाजी गरेर एमालेमा नआएको बताउँदै उनले एमालेको समान्य कार्यकर्ता भएर काम गर्न आएको बताउँदै उनले भनिन्, ‘मेरो क्षमता हेरेर, मूल्यांकन गरेर मलाई कुनै जिम्मेवारी दियो भने पछि हट्ने छैन ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend