आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र

 

 

काठमाण्डौ ८ चैत । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गरेका हुन ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन ।

उनले लेखेका छन् ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु।’

लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकाङ्क्षी शर्माले प्रदेश कमिटीमा नपरेपछि असन्तुष्टि जनाएका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend