आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रचण्ड कचौरा लिएर बालुवाटार र बालकोट गरिरहेका छन्ः धनराज गुरुङ

प्रचण्ड कचौरा लिएर बालुवाटार र बालकोट गरिरहेका छन्ः धनराज गुरुङ

 

 

फाइल तस्बिर

काठमाडौं ८ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् ।

स्व गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्कोतर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताए ।

ुप्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छु उनले भने ।

प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।

‘कहिले शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खालि नहोस् भनेर कामना गर्दछु,’ उनले भने ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend