आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

 

 

काठमाडौं ८ चैत । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्।

राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले सोमबार को कुराकानीमा पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताए। उनले भने( ुअहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो।

किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय १२ जनाले जागिर छाडिसकेका छन्। जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए।ु गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend