फाइल तस्बिर
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जाने बताएका छन । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ छ ।
बिहान पोखरामा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको दाबी गरे ।
उनले आफ्नै बलमा अबको चुनाव लड्ने जिकिर पनि गरे । यस्तै, चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उनले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताए । तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उनको भनाइ छ । यस्तै, आफूले तत्कालै नेकपा एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि उनले स्पष्ट पारेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend