काठमाडौँ ४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताएका छन् ।
बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताएका हुन् ।
‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उनले भने, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend