आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माधब नेपाल फुटेर गए पनि एमालेको जनमत नघटनेः रिजाल

माधब नेपाल फुटेर गए पनि एमालेको जनमत नघटनेः रिजाल

 

काठमाण्डौं ४ चैत्र  । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले आफनो पार्टी चुनाव केन्द्रित भइसकेको बताएका छन । स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत एमालेले जित्ने दाबी समेत गरे । खबर ब्रेकिङ संगको छोटो कुराकानीमा यस्तो दाबी गरेका हुन ।

उनले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्नेको लहर नै चलेको र त्यही आधारले ७५ प्रतिशत एमालेले जित्ने बताए । माधब नेपाल फुटेर गए पनि एमालेको जनमत नघटने उनको भनाई छ । उनले आगामी निर्वाचनबाट एमाले देशको सबै भन्दा ठूलो पार्टी हुने दाबी गरे । जनताको साथ र सहयोग एमालेलाई भएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend