बिष्णु प्रसाद शर्मा,
रछ्यानको मूला हल्के झै हल्कि सक्यो राजनीतिक ब्यवसाय । चुनाव इमानले जित्न सक्ने ढोकाहरु सबै धुर्तताले बन्द गराइएको छ । रकम बाडेर जितिने चुनावको अर्थ र मान्यता के नै पो हुन्छ र ? पिपुल इन पालियामेन्टको अबस्था थियो, अपराधी इन पार्लियामेन्टमा परिणत भएको छ । बि स २०३० जेठ २८ को बिहानी दुर्गा सुवेदी नाम गरेका बिपीका चेलाहरुले नेपाल राष्ट्र बैंकको भारु ३० लाख नगद बोकेर काठमाण्डौं जान हिंडेको बिमान चढ्ने यात्रु टीबी रोगले ग्रस्त भै काठमाण्डौंको टोखा अस्पताल जाने बहानामा प्रबेश पाउन पुगे । नेपाली काँग्रेस को पार्टी संचालन गर्ने खर्च नभएको भारतले पनि स्वार्थपूर्ति हुँने अवस्था कमै देखे पछि खर्च नभएका अपराधिहरुको झुण्डले अपहरित बिमानलाई फारविसगन्जमा उतार्न सफल भएको स्वयं अपहरणकारी दुर्गा सुबेदी नामक ब्यक्तिले लेखेका छन् । बिमान बिद्रोह (पृष्ठ ५९) मा उनी जिउँदा अपराधि मध्येका एक पात्र हुन। नेपाली काँग्रेस भारतको भवानीपुरको भीडबाट २००३ मा जन्म्यो, आज पनि जात्रे भीड जस्तै छ । ६ साल बैशाख ९ गते कलकत्ताको श्यामबजारमा पुष्पलाल समेत ४ जनाले गठन गरेको कम्युनिष्ट पार्टी कम्युन्यालिष्ट कमाउनिष्ट बन्यो । राजतन्त्र र हिन्दुराष्ट्र कसको दबदवाले फालियो, द्धन्द्ध निम्त्याइयो ? ज्वालामुखि माथि देश (पृष्ठ ११४)
नेपालमा देशहित, जनहित चाहेर राजनीतिमा लागेका मानिसहरुको संख्या न्युन छ । जनताले राजनीति बुझेर दलियताको पछाडी लागेका होइनन् । काँग्रेस कम्युनिष्ट नाम धारण गरेका कृतिम भीडहरुले सार्वभौम सम्पन्न एक स्वतन्त्र देशको साँचो ताल्चा कब्जा भयकर डकैती गरिएको छ । यो डकैतीमा जनता सामेल नभए पनि डकैतहरुले जनताकै नाम अगाडी देखाउने गरेका छन ।
दिनभर भारतीय भुमिमा रातभर बिराटनगरमा घुमिरहने अब सर प्राप्त भएका नेपाली राजनीतिज्ञ नामले भारतको खेत जोत्ने हलिहरुले अब अमेरिका , बेलायत र युरोपियन युनियनको समेत काम गर्ने अबसर पाइसकेका छन । साँचो ताल्चा कब्जाः भयकर डकैती नेपालमा भएको प्रमाणहरु २०२८ साल देखि २०७८ सालसम्म गहिरो अध्ययन गर्नेहरुलाई प्रयाप्त ज्ञान छ । संसद जस्तो गरिमामय स्थानमा उभिएर ठूला राष्ट्रहरुसंग मागेर देश चलाउँ भनेर ठूलो स्वरले चिच्याउने हलिहरुलाई याद हुनु पर्ने थियो, नेपाल एउटा स्वतन्त्र देश हो ।
नेपालले कसैको उपनिवेशको भारी बोकेको थिएन र यो अबस्था आउँदा नेपाली बीरहरुको स्वाभिमानमा चोट पुग्ने छ । कठै देश ज्वालामुखि माथि पुगेको छ । पश्चिमा राफ, दक्षिणको ताप र उत्तरको चीसो हावालाई अटुट रुपले थेग्न सक्ने अबस्था छैन । बीरताको चिनो, नेपाली जनताको शक्तिलाई आज आँसुमा परिणत गराउने काम दलियताले गरेको छ । मुलुक भित्र रहेका सम्पत्ति , सम्पदा र संस्कारलाई बितरण गर्ने काम भएको छ र यो पीडाले देशभक्त नागरिक रोएका छन । चिच्याएका छन । आँसुले यी गद्धारहरुको सात पुस्ता सम्मलाई पोल्ने छ र यीनीहरुलाई साथ दिनेहरुको सर्वनास हुने छ । यो बहकाउ होइन, यर्थाथ हो । जनताको मन दुःखाएर राजनीतिक फाइदा लिने मनसाय भएका नेता होइनन् , यि त देश र जनताका शत्रु रहेछन् यो यथार्थ जनताले कहिले हो बुझने ? शर्माः नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend