आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

स्थानीय चुनावमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्छौँः ओली

स्थानीय चुनावमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्छौँः ओली

 

 

काठमाडौं १ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीले एक्लै निर्वाचन जित्ने जिकिर गरेका हुन् । “६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ,” उनले भने ।

ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ? ’ भन्दै आर्टिकल लेखेको उल्लेख गर्दै आक्रोश पनि पोखे । उनले जनता झुक्याउनरअल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न पनि आग्रह गरे ।

नाम मात्रै राख्दैमा सबै कम्युनिस्ट नहुने उनले उल्लेख गरे । कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend