आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन

 

 

काठमाडौँ १ चैत । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन भएका छन्।

काठमाडौंमा सम्पन्न संगठनको ११ औं अधिवेशनबाट कोइराला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। कोइराला यसअघि संगठनको वरिष्ठ उपाध्यक्ष थिए।

महाधिवेशनले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको हो।

संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन् भने महासचिवमा जीवन काफ्ले चयन भएका छन्।

त्यसैगरी उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन हुँदा सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी चयन भएका छन्।

संगठनको कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरिएको छ। गएको फागुन २८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend