आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय

 

 

काठमाडौं, ३० फागुन । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए।

फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको ‘जबज’ को विचारलाई प्रवद्र्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षमा सहयोग गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend