धनगढी ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरिरहेको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”आफ्नै तागतमा निर्वाचन जित्ने गरी निर्वाचनमा जान्छौ, त्यसबाहेक गठबन्धन वैकल्पिक कुरा हुन्।”
उनले सत्ता गठबन्धनमा कुनै समस्या भने नरहेको बताए। ”गठबन्धमा कुनै अप्ठ्यारो तितो छैन् राम्रै चलिरहेको छ। सुदूरपश्चिममा सरकार गठन गर्ने र कांग्रेसलाई सरकारमा सहभागी गराउनुपर्ने जरुरी रहेको छ। त्यसको लागि माधव जीहरुले ध्यान दिनुपर्ने जरुरी छ। उनले भने कांग्रेसलाई पनि सहभागी गराउने सहमति भइसकेको छ र कुन मन्त्रालय र कति जना भन्ने टुगिंन बाँकी छ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend