काठमाडौँ ३० फागुन। विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’सार्वजनिक भएको छ।सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा उपाध्यायकै स्वर छ।
चेपाङ समुदायका समस्या,त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले बताए।
चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्।
भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू,पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा उपाध्याय,सुनिता खनाल,यमबहादुर घर्ती,कृष्ण भुसालको अभिनय समेटिएको छ।
उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरेको छ।केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा उपाध्याय अहिले १०३ विश्व रेकर्ड पुर्याउने दौडमा छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend