आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सरकार बढीभन्दा बढी कमिसनतिर लागेको छः ओली

सरकार बढीभन्दा बढी कमिसनतिर लागेको छः ओली

 

 

काठमाडौं २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बढीभन्दा बढी कमिसनतिर गएको आरोप लगाएका छन्।

देशको आर्थिक अवस्थाबारे नीजि क्षेत्रसँगको छलफलमा ओलीले आफूले थालेको विकासमा काम वर्तमान सरकारले भत्काएको आरोप लगाए। वर्तमान सरकारले उद्यमी व्यवसायीलाई थर्काएको समेत उनको भनाइ छ।

‘राज्यको बागडोर लिएर हिजोको एक्सटर्सन आज अर्को ढंगमा गर्न खोजियो’, उनले भने।

माओवादी लडाकुलाई मनमौजी ढंगले प्रतिव्यक्ति १० हजार बाँड्ने कार्यक्रम ल्याएको भन्दै त्यसले बेलुकाको एक छाक टार्नेबाहेक कुनै महत्त्व नभएको बताए।

अहिलेको सरकारले मानिसहरुलाई उद्यमी बनाउने काम नगरेको ओलीले बताए। आफ्नो सरकारले योजना देखाएपछि मात्रै ऋण दिने योजना ल्याएको दाबी गर्दै आफूले बसालेको राम्रो ट्रेन्ड भत्काउन खोजेको उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend