आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

समृद्धि र विकासका लागि कांग्रेसले जित्नुपर्छः उपसभापति गुरुङ

समृद्धि र विकासका लागि कांग्रेसले जित्नुपर्छः उपसभापति गुरुङ

 

वालिङ २९ फाल्गुन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकको समृद्धि र विकास लागि कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

कांग्रेस स्याङ्जाले आज सदरमुकाममा आयोजना गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गर्दै उनले मुलुकको विकास र समृद्धिका अभियान सञ्चालन गर्न आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।

कांग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पुर्याउन अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे ।
कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्रका आन्तरिक मतान्तरलाई बिर्सेर अब पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्नका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कांग्रेसले गरेका राम्रा कार्यहरू नागरिकमाझ पुर्याउन र नकारात्मक टिका टिप्पणी तथा भ्रमलाई चिर्दै नयाँ शिराबाट चुनावी अभियानमा जुट्न नेता पौडेलले नेता तथा कार्यकर्तालाई सुझाव दिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend