काठमाडौं २८ फागुन । प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको छ। शुक्रबार साँझ सपुतको गीत उनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा नेकपा माओवादीले सञ्चालन गरेको ुजनयुद्धुपछि राजनीतिक पार्टीमा भएको परिवर्तनको विषयलाई समेटिएको छ। ुजनयुद्धमाु सामेल भएकाहरुले पछि भोग्नु परेको पीडालाई गीतमा समेटिएको छ। आफ्ना नेतृत्व गर्ने नेताहरुमा भएको परवर्तन र उनीहरुले आफ्नै सहयोद्धाहरुलाई गरेको बेवास्ताको कथा गीतले बोलेको छ।
गायक सपुतकै शब्द तथा संगीतमा रहेको गीतमा सम्झना भण्डारीले अतिथिको रुपमा स्वर दिएकी छिन्। गीतको भिडियोको कथा र निर्देशन पनि सपुतले नै गरेका छन्। गीतको भिडियोलाई सह निर्देशन सुनिल विकेले गरेका छन्। भिडियोमा सपुतसँगै सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन, पुष्पा अवस्थी, विशाल घिमिरे र प्रविष्टी बिकको अभिनय रहेका छ।
https://youtu.be/Gep3jLq32OI
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend