सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना

भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना

 

 

डा डि आर उपाध्याय, वर्तमान अबस्थामा नेपाली कांग्रेस एक्लै चुनावमा गए पनि सबै भन्दा बढी पालिका जित्न सक्छ । तर पनि उ गठबन्धन कायम राखेर चुनावमा जान खोजेको छ । गठबन्धनका अन्य दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै चुनाव लडन डराइरहेका छन । उनीहरू अहिलेसम्म मिलेर चुनावमा जाने मनस्थितीमा छन । एमसीसी पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आएको छ ।

स्थानीय तहको चुनावमा गठबन्धन दल भित्र भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना पनि छ । त्यसैले आशा र निराशाका बीच गठबन्धनको राजनीति अघि बढिरहेको छ । अहिले पनि गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर चुनावमा जान चाहेका छन भने नेपाली काँग्रेसका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् ।

आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने रणनीतिमा काँग्रेस रहेको बुझिन्छ । अब निर्वाचन नजिकै आइसकेको छ । स्थानीय तहको निर्वाचनको त तिथिमिति पनि घोषणा भइसकेको छ । सबै राजनीतिक दल आआफ्नो तयारीमा लागि परिरहेका छन् । यस्तो अवस्थामा साना साना दल आत्तिनु स्वभाविक पनि हो । स्थानीय तहको चुनावका बिषयमा गठबन्धनका बीचमा अहिले सम्म स्पष्ट साझा धारणा आउन सकेको छैन ।

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै स्थानीय तह निर्वाचन लक्षित एक महिने चुनावी कार्यक्रम अघि बढाइसकेको छ । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्दै हिडिरहेको छ । उता प्रतिपक्षी दल नेकपा एमाले पनि जनताका बीचमा आफ्ना कार्यक्रम लिएर जान थालिसकेको छ । अहिले जनताका बीचमा पुगेर जनताका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने बेला हो । त्यसो भयो भने पनि चुनावी माहोल बन्न सक्छ ।

निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा गरिसकेको छ । सुरक्षाका लागि पनि तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । नेपाली कांग्रेस र प्रतिपक्षी एमालेबाहेकका राजनीतिक दललाई निर्वाचनमा जान कठिनाइ परिरहेको छ । साना दल चुनावमा जान सकिरहेका छैनन् । उनीहरू गठबन्धन बिना चुनावमा जाने आँट गरिरहेका छैनन् । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकिकृत समाजवादीले गठबन्धनबाट चुनावमा जाने बाटो कुरेर बसिरहेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend