आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारीमा

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारीमा

 

 

काठमाडौं २६ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अभिनेत्री करिश्मा मानन्धरले भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।

करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, उदि राजनीतिमा लाग्ने हो भने त ।’

उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’ अनलाइनखबरबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend