आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

 

 

काठमाडौं २६ फागुन। नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।

सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी सहसचिवबाटै सेवा निवृत्त भएका थिए ।

सिफारिसको अन्तिममा रहेका थानी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । निगममा नेतृत्वका लागि उनले आवेदन गरेपछि थानीको योग्यताबारे सार्वजनिक रुपमा प्रश्न उठेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend