आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछः ओली

काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछः ओली

 

काठमाडौं २६ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह रातो बनाउन आग्रह गरेका छन्। बुधबार मोरङको रंगेलीमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह रातो रंगको बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका हुन्।

ओलीले काँग्रेसको बुढो रुख व्यूँताउन निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने तयारी गरेको बताए। ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘ उनले भने, ‘हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’

भाषणको अधिकाँश समय काँग्रेस, माओवादी र समाजवादी लाई गालि गरेर विताएका ओलीले काँग्रेसले एमालेको विरोध गर्न गाउँ जाने अभियान चलाएको आरोप लगाए। उनले काँग्रेस बुढो भएर सुकिसकेकाले अब, व्यूँतिन असंभव रहेको बताए। उनले माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रयास गरे पनि उनको पार्टी बन्न नसक्ने ठोकुवा गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend