काठमाडौं, २६ फागुन । बिहीबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यो अघिल्लो दिनको तुलनामा तीन हजार पाँच सय कम हो। बुधबार सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो दिनको तुलनामा ४५ रूपैयाँ कम हो। बुधबार चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस एक हजार ९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend