आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्योः माधव नेपाल

हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्योः माधव नेपाल

 

 

काठमाडौं २५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए ।

नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’

विद्रोहको सुरूआत २०७७ चेत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend