आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

 

 

काठमाडौं २५ फागुन । आसन्न स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ। पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ।

घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन सभापति देउवाले पत्रकार सम्मेनल गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend