काठमाण्डौं ,२४ फागुन । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले देशव्यापी रुपमा एमालेमा प्रवेश गर्नेको लहरले आगामी चुनावबाट ओलीको नेतृत्वमा एमालेले शानदार बहुमत ल्याएर ओली प्रधानमन्त्री हुने निश्चित भएको बताए ।
प्रचण्ड र माधव नेपालको पार्टी लोप हुने समेत नेता रिजालले ठोकुवा गरे । एक अनलाइन संगको कुराकानीमा उनले माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु सबै जसो चैत भित्रमा एमालेमा प्रवेश गरिसक्ने बताए । नेपाली कांग्रेस पार्टी पनि आउने चुनाव पछी निक्कै कमजोर प्रतिपक्ष हुने नेता रिजालको भनाई छ ।
मुलुकको सार्वभौमसत्ता स्वतन्त्रता स्वाभिमान अखण्डता राष्ट्रीयता जस्ता राष्ट्रका महत्वपूर्ण तत्वहरू वा अंगहरुको रक्षा नेकपा एमाले र एमालेकै अध्यक्ष राजनेता केपी शर्मा ओलीले मात्र गर्न सक्ने उनले बताए । हाम्रो देशको भूमि विदेशी लाई प्रयोग गर्न बाट रोक्नुहोस भन्दै हार्दिक अपील गर्दछु राष्ट्रकै अभिभावक केपीबालाई आग्रह समेत गरे ।
नेता रिजालले ठोकुवा गर्दै भने, ”लेखेर राख्नुहोस केपी ओली बाहेक अहिले सम्म नेपाल र नेपालीको अस्तित्व बचाउने अरू नेता जन्मेकै छैन ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend