आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नयाँ जनादेश आवश्यकः शंकर पोखरेल

नयाँ जनादेश आवश्यकः शंकर पोखरेल

 

 

विराटनगर २४ फागुन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नयाँ जनादेश आवश्यक रहेको बताएका छन्। एमाले मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।

उनले संसद्मा आफ्ना मागहरू पूरा नहुँदासम्म एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राख्ने भन्दै संसद्मा नाराबाजीका बीचमा पनि सरकारलाई सही दिशामा लग्ने काम भइरहेको बताए । महासचिव पोखरेलले एमाले निर्वाचनका लागि तयार भए पनि गठबन्धन दलहरू अझै तयार हुन नसकेको आरोप लगाउँदै एमाले गठबन्धन र एक्लै जसरी आए पनि भिड्न तयार रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend